संघीय गठबन्धनद्वारा सर्वदलीय बैठक अस्विकार

२०७३ जेष्ठ ११ गते, मंगलवार

काठमाडौ, ११ जेठ । मधेसी मोचासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा अस्विकार गरेको छ । वार्ताका लागि वातावरण नबनेको र सरकारबाट कुनै पनि प्र्रतिवद्धता नआएकाले बैठकमा नजाने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्तामा नजाने बताए । सरकारले पठाएको वार्ताको पत्रलाई पनि आफूहरूले गम्भीरताका साथ नलिएको पनि उनले बताए ।
मधेशी मोर्चा वार्ता विरोधी नरहेको तर वातावरण सरकारले नबनाएको उनको आरोप छ । उनले प्रधानमन्त्रीको पत्र पनि प्राप्त नभएको बताए । तर पत्र गठबन्धनका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीले नै कुरा गरे गठबन्धनमा आवद्ध दलका पार्टी कार्यालय र संसदीय दलको कार्यालयहरुमा पत्र पठाइएको बताइएको छ । आजको बैठक र वार्तामा नआए मोर्चा वार्ता विरोधी रहेको सरकार तर्फबाट निस्कर्ष निकालिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]