सर्वदलीय’ बैठक एजेन्डामा प्रवेश नै नगरी टुंगियो

२०७३ जेष्ठ ११ गते, मंगलवार

काठमाडौं, ११ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक एजेन्डामा प्रवेश नै नगरी टुंगिएको छ । बैठक मधेसी मोर्चा नआएका कारण मुख्य एजेन्डामा प्रवेश नै नगरी टुंगिएको हो । मोर्चाले अन्तिम समयमा आएर आन्तरिक कारणले आउन नसकेको जवाफ दिएको सरकारको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोर्चासँग औपचारिक र अनौपचारिक दुबै छलफल गर्न सुझाव दिएको छ । मंगलबार बिहान ९ बजेका लागि बोलाइएको सर्वदलीय बैठक आन्दोलनरत् मधेसी मोर्चाका कारण नै साढे १० बजेका लागि सारिएको थियो । तर, अन्तिम समयमा आएर मोर्चाले आफुहरुले आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठकमा नआउने जानकारी दियो । मधेसी मोर्चा नाआएपछि सरकारमा रहेका दलहरु र प्रमुख विपक्षी कांग्रेससहितको बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताहरुले मोर्चालाई वार्तामा ल्याउनका लागि सहयोग गर्न तयार रहेको बताएका थिए । उनीहरुले मोर्चाका विषयमा मिडिया बाजी गर्नभन्दा पनि उनीहरुसँग छलफल गर्न सुझाव दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]