भारतीय एयर एम्बुलेन्स दुर्घटनामा
काठमाडौँ, ११ जेठ । भारतीय राज्य पटनाबाट दिल्ली जाँदै गरेको एउटा एयर एम्बुलेन्स आज नजफगढमा दुर्घटनामा परेको छ। दिउँसो पौने तीन बजे विमान खेतमा आपतकालीन अवतरण गरिएको हो । विमानमा रहेका सातमध्ये दुई जना यात्रु घाइते भएको बताइएको छ । विमान नजफगढको खैर गाउँको खेतमा अवतरण गरिएको हो ।
चार्टर्ड विमानको इन्जिन फेल भएपछि आपतकालीन अवतरण गरिएको हो । अलकेमिस्ट एयरलाइन्सको एयर एम्बुलेन्स पटनाबाट दिल्लीका लागि उडेको थियो विमानमा केही चिकित्सक समेत थिए । विमान मेदान्त अस्पतालमा विरामी लिएर जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै विमानमा रहेका विरामीलाई मेदान्त अस्पताल पुराइएको छ भने अन्य घाइतेको पनि उपचार भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् । – एजेन्सी