मध्य तथा सुदुर पश्चिम पर्यटन महोत्सव सुरु

२०७० जेष्ठ १० गते, शुक्रबार

काठमाडौ,– पश्चिम महिला जागरण समूहको आयोजनामा काठमाडौमा मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव सुरु भएको छ ।मध्य तथा सुदुपश्चिमका पर्यटकीय स्थलका बारेमा जानकारी गराउन महोत्सव गर्न लागिएको महोत्सव संयोजक अमर शाहीले जानकारी दिए ।महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, रारा ताल लगायत मध्य र सुदुरपश्चिमका रमणीय र पर्यटकीय गन्तव्यको बारेमा प्रचार गरिने शाहीले जानकारी दिए ।महोत्सव सुरु हुनुअघि शुक्रबार विहान साढे १० बजे काठमाडौको ठमेलबाट मध्य तथा सुदुरपश्चिमका स्थानीय झाँकी सहित निसकेको थियो । ३ दिनसम्म चल्ने महोत्सवमा स्थानीय खानाका परिकार, भेषभुषा लगायतका २० स्टल राखिएको छ । केराबाट बनेका खानाका परिकार मुख्य आकर्षणका रुपमा रहने महोत्सव संयोजक शाहीले बताए ।यस्तै महोत्सवमा मध्य तथा सुदुरपश्चिमको विकासमा योगदान पुर्याकउनेलाई सम्मान गर्ने कार्यक्रम पनि छ । महोत्सवमा स्थानीय देउडा भाका र छलिया, हुड्के, सखिया नाच पनि प्रदर्शन गरिने शाहीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार