१४ औं कृष्णसेन ईच्छुक स्मृति दिवश मनाईदै

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाण्डौ , १३ जेठ । आज जेठ १३ अर्थात कृष्णसेन ईच्छुक स्मृति दिवश । पत्रकार एवम् साहित्यकार कृष्णसेन ‘इच्छुक’ को १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा राजधानीमा बिहान क्रान्तिकारी पत्रकार संघ , क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनले संयुक्त रुपमा प्रभातफेरि सम्पन्न भएको छ । शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरि बागबजार, पुतलीसडक, पद्योदय मोड हुँदै पुलिस क्लब अगाडि भृकुटीमण्डमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरिमा पत्रकार र साहित्यकारहरुको उल्लेख्य उपस्थिति थियो ।
तत्कालिन जनदिशा दैनिकका प्रधान सम्पादक सेनको २०५९ साल जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]