कर्मचारी सङ्गठन चुनावी प्रचारमा

२०७३ जेष्ठ १३ गते, बिहीबार

काठमाडौँ, १३ जेठ । कर्मचारी सङ्गठनहरू यतिबेला चुनावी प्रचारमा होमिएका छन् । निजामती सेवाको आधिकारिक ट्रेड युनियनको चुनाव जेठ १९ गते हुने निश्चित भएसँगै कर्मचारी सङ्गठनहरू चुनावी प्रचारमा होमिएका हुन् । नतिजा आफ्नो पक्षमा पार्न कर्मचारी नेताहरू यतिबेला कर्मचारी मतदाताको घरदैलो र कार्यालयमै पुगेर मत मागिरहेका छन् । निर्वाचन कार्यतालिकाअनुसार १७ गतेसम्म मात्र चुनावी प्रचार अभियान चलाउन पाइने भएकाले उनीहरू अहिले प्रचार अभियानमा जुटेका हुन् । सिंहदरबार भित्रका पर्खाल, मन्त्रालयका हातामा समेत फ्लेक्स, पोस्टर र ब्यानरमा आकर्षक नाराको होडबाजी चलेको छ । छ वटा ट्रेड युनियन चुनावी मैदानमा उत्रिएका छन् र सबैले आफैँले चुनावमा बाजी मार्ने दाबी गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]