पत्रकार रावललाई पितृशोक

२०७३ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौं , १४ जेठ । क्रान्तिकारी पत्रकार संगठन नेपालको उपाध्यक्ष दीपेन्द्र रावललाई पितृशोक परेको छ । उपाध्यक्ष एवं पत्रकार रावलको ८४ वर्षीय बुबा बजिर सिंह रावलको बिहीबार राति ११ः४५ बजे पुल्लेतोला–६, अछाम घरमा निधन भएको थियो । एक महिनादेखि ज्वरोले च्यापिएको र उपचारपछि घरमै रेखदेख गरिरहेको अवस्थामा हिजो राति असमायिक निधन भएको परिवारले बताएको छ । मृतक रावलका चार छोरा, सात छोरी र दुई श्रीमती छन् ।
यसैबीच, क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले एक प्रेस विज्ञप्ति जारी गर्दै असमायिक निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘हाम्रो क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष दीपेन्द्र रावलको पिता बजिर सिंह रावलको बिहीबार राति भएको असमायिक निधनप्रति दुःख व्यक्त गर्दछौं, साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दछ’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संवाद डबलीका सचिव धनञ्जय बुढाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावलका पिता बजिर सिंह रावलको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सागर लामाले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै सगंठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार दीपेन्द्र रावलको बुबा बजिरसिंह रावलको निधनको खबरले संगठन परिवार स्तब्ध भएको जनाएको छ । साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको उपाध्यक्ष एबम् संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावलका पिता बजिर सिंह रावलको असमायिक निधनप्रति क्षेप्यास्त्र प्रकासन केन्द्र गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु