चोरले पैसासँगै श्रीमती भगाएपछि…

२०७३ जेष्ठ १५ गते, शनिबार

काठमाडौं, १५ जेठ । गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो । तर चोर फेला परेन । घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे ।
यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए । चोरीको घटनाले तनावमा रहेका उनी श्रीमती छोरासहित हराएपछि थप तनावमा थिए । प्रहरीले अनुसन्धान गर्दै गएपनि केही फेला परेन । तर जेठ २ मा मनी ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे । पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी गौशालमा जुस किनिरहेकी थिईन । हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियौं, मम्मी खोइ रु छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए । जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए । उनले प्रहरीलाई खवर गरे र श्रीमती सहित चोरहरुलाई पक्राए । दैलेखका २२ वर्षीइ हिम्मत भन्ने राजकुमार केसीले कार्यालयमा चारी गरी श्रीमती पनि भगाएका थिए । -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु