घुस लिँदालिँदै प्रधानाध्यापक पक्राउ
काठमाडौँ, १५ जेठ । अख्तियार दुरपयोग अनुसन्धान आयोग, पूर्वक्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले शनिबार एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
विराटनगर–११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजारसहित पक्राउ गरिएको आयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी गराए । एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उनले उक्त रकम लिँदै गरेको बताइएको छ ।- रासस