विश्व किरात महासङ्घ गठन

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौ, १७ जेठ । किरात भाषा, लिपी, धर्म संस्कार, संस्कृति, साहित्य इतिहास, सभ्यताको विकास गर्ने उद्देश्यले, किरात महागुरु फाल्गुनन्दको विचार अनुशरण गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको पाँचथरको फिदिम लब्रेकुटीमा यही जेठ १५ र १६ गते भएको भेलाले विश्व किरात महासङ्घ नेपाल स्थापना गरेको छ । डम्बरकुमार तुम्बापोको अध्यक्षतामा गठित सो समिति २७ सदस्यीय कार्यसमिति रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
पाँचथर जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले सो महासङ्घको केन्द्रीय कार्यालय पाँचथर फिदिममा रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
किरात महागुरु फाल्गुनन्दको विचारलाई प्रचारप्रसार गर्ने उद्देश्यले देश तथा विदेशमा रहेका विभिन्न ४१ वटा धार्मिक तथा सांस्कृतिक सङ्घसंस्थालाई सङ्गठित गर्ने र छाता संस्थामार्फत आफ्ना गतिविधि गर्ने उद्देश्यले सो महासङ्घ निर्माण गरिएको महासङ्घका अध्यक्ष तथा पिण्डेश्वरी क्याम्पसका सहप्रध्यापक डम्बरकुमार तुम्बापोले बताउनुभएको छ । सो महासङ्घले किरात जातिको धर्म, संस्कार संस्कृति, भाषा, साहित्य सभ्यतालगाएतको खोज तथा अनुसन्धान गर्ने फाल्गुनन्दको विचार तथा धर्म संस्कारलाई व्यापक बनाउनेसमेत बताइएको छ । सो महासङ्घको उपाध्यक्षहरुमा सुरेन्द्रप्रकाश जबेगु, गङ्गाबहादुर साउदेन, महासचिवमा नाम्लिङहाङ चेम्जोङ सचिवमा सुन्दर नेम्बाङ सहसचिवमा पूर्णकुमार चेम्जोङ कोषाध्यक्षमा सङ्गीता लावती रहनुभएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु