डोल्पामा कम्प्युटर इन्जिनियरिङ पढाइने

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौ, १७ जेठ । डोल्पामा पहिलोपटक कम्प्युटर इन्जिनियरिङ पढाइ सञ्चालन हुने भएको छ । डोल्पाको जेठो माध्यमिक विद्यालयका रुपमा चिनिने त्रिपुरा उच्च माध्यमिक विद्यालय काईगाउँमा कक्षा ९ बाटै इन्जिनियरिङ विषयअन्तर्गत कम्प्युटर कक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ । शिक्षा विभागबाट व्यावसायिक तथा प्राविधिक विषय सञ्चालन गर्नका लागि अनुमति पाएकाले कक्षा ९ देखि १२ सम्मको चारवर्षे कम्प्युटर इन्जिनियरिङ पढाइ सुरु हुने प्राचार्य जयबहादुर बस्नेतले बताए । सीमित कोटा भएकाले प्रारम्भिक चरणको परीक्षा प्रणालीबाट विद्यार्थी छनोट गरिने बस्नेतले बताए ।
आवेदन गर्ने मिति जेठ २९ गतेसम्म र परीक्षा सोही महिनाको ३० गते बिहान ११ बजे सञ्चालन हुने बताइएको छ । विद्यार्थीलाई चौबीसै घन्टा बत्ती, इन्टरनेट, छात्रावास, आर्थिक सुविधासहितको ओजिटी तथा इच्छाअनुसार प्राविधिक र साधारण एसएलसी गर्न पाउने व्यवस्था रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]