अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन सुरु हुँदै
काठमाडौ, १८ जेठ । उर्जाविकास परिषदको आयोजनमा आजदेखि काठमाडौमा अन्तराष्ट्रिय उर्जा सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा नेपालको उर्जा संकट र जलविद्युत विकासमा कानुनी सुधारका विषयमा छलफल हुनेछ । सम्मेलन ५ दिनसम्म चल्नेछ । सम्मेलनमा आन्तरिक लगानी, ऊर्जाको बजार व्यवस्थापन लगाएतमा देखिएका समस्या समाधानको पहल गरिने जनाइएको छ ।
सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे काठमाडौको एउटा तारे होटेलमा गर्नुहुनेछ । नेपालको उर्जा संकटको समाधान, विदेशी लगानी आकर्षित गर्ने विषयमा छलफल हुनेछ । सम्मेलनमा भारत, चीन, कोरिया, रसिया, नर्वे, क्यानडा, अमेरिका लगायत दे्शका जलबिद्युत बिज्ञ सहभागि हुनेछन् ।