जंगली च्याउ छुँदै नछुन सुझाव

२०७३ जेष्ठ १८ गते, मंगलवार

काठमाडौ, १८ जेठ । च्याउ विज्ञ हरिषचन्द बास्तोलाले जंगली च्याउ छुँदै नछुन सुझाव दिएका छन् । उनले बर्खा लागेसँगै जंगल र बारीमा उम्रिने विषालु जंगली च्याउले नागरिकले ज्यान गुमाउने भन्दै जंगली च्याउ छुँदै नछुन सुझाव दिएका हुन् । नेपालमा विषालु च्याउका कारण वर्षेनी ३० जना भन्दा बढीको मृत्यु हुने गरेको छ ।
२०२५ थरीका च्याउका प्रजाति मध्ये एकसय १० प्रकारका खान योग्य च्याउ र एकसय प्रकारका विषालु च्याउ छन् । ७३ प्रकारका औषधिजन्य च्याउ छन् । ती च्याउ चिनेको अवस्थामा मात्र खान हुन्छ ।
नचिनेको अथवा नयाँ लाग्ने कुनै पनि च्याउ नखान विज्ञको सुभाव रहेको छ । विषालु च्याउ खाँदा सुरुमा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र रिंगटा लाग्ने जस्तो लक्षण देखा पर्दछ । सामान्यतया विरामीले केही समयका लागि सञ्चो भएको जस्तो महशुस गरेपनि विषको असर विस्तारै देखिने भएकाले तत्काल स्वास्थ्य संस्थामा जान च्याउ विज्ञ वास्तोलाको सुझाव रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]