दरबार हत्याकाण्डको १४ वर्ष पुरा

२०७३ जेष्ठ १९ गते, बुधबार

काठमाडौ, १९ जेठ । आज जेठ १९ गते अर्थात तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा भएको वीभत्स हत्याको १४ वर्ष बितेको छ । तर हत्याकाण्ड अझै रहस्य नै बनाइएको छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन।
प्रधानमन्त्री भएको बेलामा स्वर्गीय गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतकाले दरबार हत्याकाण्डको छानबिन गरेरै छाड्ने प्रतिबद्धता जनाएको वर्षौ भइसके पनि सो घटनाको सत्यतथ्य अझैसम्म बाहिर आएको छैन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु