हुवावेले ९ वटा मोडलका स्मार्टफोनको मूल्य घटायो

२०७३ जेष्ठ १९ गते, बुधबार

काठमाडौ, १९ जेठ । हुवावे कम्पनीले पछिल्लो पटक सार्वजनिक भएको मेट ८ मोडलको स्मार्ट फोनले बिक्रीमा कीर्तिमान राखेको उपलक्ष्यमा नेपालले बजारमा बिक्री हुने ९ वटा मोडलको मूल्य घटाएको छ। ‘मेट ८’ को ग्लोबल बिक्री ४० लाख पुगेको अवसरमा कम्पनीले आफ्ना ९ मोडलको मूल्य घटाएको जनाएको छ।
‘ग्राहकले हाम्रो उत्पादन प्रति देखाएके विश्वास र मायालाई सम्मान गर्दै मूल्य घटाउने निर्णय गरेका हौं’ हुवेइले भनेको छ।
सन २०१५ मा सार्वजनिक भएको पी ८ मोडलका स्मार्टफोन करिब ५० लाख र मेट ७ स्मार्टफोन ७० लाख थान ग्लोबल बिक्री भएको कम्पनीले जनाएको छ।
नेपाली बजारमा छोटो समयमा सफलता हात पारेको कम्पनीले दिएको छुटले नेपाली उपभोक्ताको माझ अझ सफल हुन सहज हुने कम्पनीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.६२ अंकले घट्यो

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार