खुला विश्वविद्यालय विधेयक संसदमा पेस हुदै

२०७३ जेष्ठ २० गते, बिहीबार

काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको हिजोको बैठकले ‘खुला विश्वविद्यालयसम्बन्धी विधेयक, २०७३’ पारित गरेको छ । शिक्षाकर्मीले लामो समयदेखि प्रतीक्षा गरेको सो विधेयक संसद्बाट पारित भएपछि स्वदेशमा खुल्ला विधिबाट उच्च शिक्षासम्म पढ्न पाउने सुविधा मिल्नेछ । समितिका सभापति रञ्जुकुमारी झाको अध्यक्षतामा बसेको बैठकले प्राप्त सुझावका आधारमा विधेयक संसद्मा पठाउने निर्णय गरेको हो । अब सो समितिको संशोधनसहितको प्रतिवेदन चाँडै संसद्को बैठकमा पेस हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]