शौचालय गएकी महिलालाई ‘बलात्कार’

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २२ जेठ । महोत्तरीको फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए । पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर पठाउने तयारी भइरहेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार