बोको हरामको आक्रमणमा ३२ जना मारिए

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौं, २३ जेठ । अफ्रिकी मुलुक नाइजरमा आतंकवादी समूह बोको हरामले गरेको आक्रमणमा ३२ जना मारिएका छन् । मारिनेमा ३० जना नाईजर फौज र दुई जना सैनिक छन् । घटनामा थुप्रै सैनिक घाइते भएका छन् । नाइजरको दक्षिण पूर्वी क्षेत्रमा रहेको नाइजेरिया र नाइजरको सीमा बोसोस्थित सेनाको मूख्यालयमा बोको हरामले आक्रमण गरी सो सीमा क्षेत्र कब्जामा लिनुका साथै सेनाको हतियार लुटेका हुन् ।
नाइजर सेनाले उक्त सीमा क्षेत्रलाई कब्जा मुक्त गर्न सयौं सेना परिचालन गरेको छ । गत नोभेम्बरमा पनि बोको हरामले गरेको आक्रमणमा परी ६ जना नाइजर सेना मारिएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]