सेभ द चिल्ड्रेन माथि जनकारबाही

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । नेकपा माओवादी सिन्धुपाल्चोकले सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण गरेको छ । माओवादीले सिन्धुपाल्चोकको चौतारामा रहेको कार्यालयलाई ध्वस्त पार्नुका साथै, २ वटा गाडी र १ वटा मोटर साइकलसमेत क्षतिग्रस्त पारेको छ । राष्ट्रियता, जनजीविकाका पक्षमा तथा भ्रष्टाचार, कालो बजारीका विरुद्ध सशक्त संघर्ष गरिरहेको नेकपा माओवादीले सो कारबाही गरेको बताएको छ । कारबाहीबारे उक्त पार्टी एक प्रेस विज्ञप्ति जारी गरेको छ । जसमा
सेभ द चिल्ड्रेनको आजको दिनसम्म ५ अर्बभन्दा माथिको काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको , संस्थाले जति पनि राहत सामग्रीहरू बितरण गरेको छ, त्यो सबै गुणस्तरहीन भएको , निश्चित व्यापारीहरूसित मिलेर कमिसन लिएर जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको , सामानको मूल्य साविकको भन्दा दोब्बर पार्न लगाएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]