संघीय गठबन्धनद्वारा रिले अनसन सुरु

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । आन्दोलनरत संघीय गठबन्धनले काठमाडौंको खुलामञ्चमा रिले अनसन सुरु गरेको छ । रिले अनसनमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेता सहभागी छन् । बिहान ७ बजेबाट सुरु अनसन साँझ ७ बजेसम्म चल्ने छ । रिले अनसन असार मसान्तसम्म गर्ने गठबन्धनले जनाएको छ ।
संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रमअन्तर्गत सिंहदरबार र बालुवाटार घेराउ गरिसकेको छ । दोस्रो चरणमा गठबन्धनले राजधानीका विभिन्न स्थानमा विरोधसभा गरेको थियो । सरकारले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरेको भए पनि गठबन्धनलाई वार्तामा बोलाउनुपर्ने भन्दै गठबन्धनले आन्दोलन जारी राखेको हो ।

प्रतिक्रियाहरु

[anycomment]