शेर्पा भाषाको महत्व र संरक्षण अभियान – डोमा शेर्पा

२०७३ जेष्ठ २६ गते, बुधबार

शेर्पा भन्ने वित्तिकै विश्वमा नै एउटा सगरमाथाको देश नेपालमा बसोवास गर्ने, साहसी, मेहनती, लगनशिलता र एउटा विश्वासिलो पात्रको रुपमा चिनिने गरिन्छ । शेर्पा जातीको आफ्नै इतिहास छ । शेर्पा भनेको अधिनकाल देखि नेपालको हिमाली भेगमा बसोवास गर्ने आदिवासी जनजाती हो । शेर्पाहरुको आफ्नै भाषा, कला, संस्कृति छ । आफैमा एउटा छुट्टै पहिचान छ शेर्पाको ।
शेर्पाहरु प्राय पर्यटन व्यवसाय र विदेश जाने गर्छन उनीहरुको मुख्य पेशा नै हो पर्यटन । अहिले सयम परिर्वतनसगै शेर्पाहरु पनि राजनतिक, सरकारी जागीर तिर लागि परेका छन भने आफ्नो पहिचानलाई सुनिश्चित गर्न शेर्पा स्वायत्त प्रदेशको मागका लागि नेपालको पहिलो संविधान देखि दोस्रो सविधान सभासम्म उनीहरु प्रदेश मागका लागि मैदानमा उत्रेका छन । विश्वलाई चिनाउने शेर्पा जातिलाई किन राज्यले अपहेलित गरेको भन्दै शेर्पा जातीहरु अहिले पनि शेर्पा स्वायत्त प्रदेशको मागका लागि सडकमा अन्दोलनमा उत्रेका छन । यस आन्दोलनलाई सहयोग गर्न देश विदेशमा रहेका शेर्पाहरुको संघसस्था किदुक लगायतले सहयोग गर्दै आइ रहेको छन।
पहिचानको मागसगै अहिले शेर्पा समुदाय भाषा, कला, सांस्कृतिको संरक्षणमा पनि लागि परेका छन । युवा पुस्ताहरुले आफ्नो भाषा, कला, सांस्कृति प्रति चासो नदिइ रहेको अवस्थामा कसरी भाषा, कला, सांस्कृृतिको संरक्षण गर्न सकिन्छ भनी शेर्पा समुदायमा रहेका किदुक, संघसस्था लागि परेका छन ।
शेर्पा समुदायको भाषा, कला, सांस्कृति संरक्षणमा नेपालमा मात्र नभएर विदेशमा रहेका संघसस्थाहरु पनि लागि परेका छन ।
विदेशमा रहेका संघसस्थाहरु कसरी लागि परेका छन भन्ने विषयमा म आफै भारतमा रहेका दार्जिलिङ, कालिपोङ र सिक्किममा रहेका शेर्पा संघ सस्थाहरुसँगको भेटघाटका क्रममा भएको कुराकानी र उनीहरुले गरेका गतिविधिहरुलाई नियाल्ने प्रयास गरेको छु ।
विश्वमा नेपालको नाम चिनाउन सफल स्व. तेन्जिङ नोर्गे शेर्पाको १०२ औ जन्मजयन्ति मनाउन मे २९ मा वाइस्ट बेङ्गल शेर्पा कल्चर बोडको निमान्त्रणामा कालिपुङको गिटाविलिङ गुम्बा डाडामा गएकी थिए। त्यहा स्वा. तेन्जिङ नोर्गै शेर्पाको जन्मजयन्ति भव्य रुपमा मनाइयो । एउटा शेर्पाहरुको बस्ती रहेका गुम्बा डाडामा त्यहाका सम्पुर्ण शेर्पाहरु कार्यक्रमलाई सफल पार्न लागि परेका थिए । उनीहरु आफ्नो मौलिक भेषभुषामा सजिएर आएका थिए भने कार्यक्रमलाई सफल पार्न लेप्चा बोर्डका अध्यक्ष ताम्साङ सर, डा. हर्क बहादुर क्षेत्री, बौद्ध दर्शनसम्बन्धी पुस्तक प्रकाशन गर्नु हुने लेखक जम्बु लामा पनि उपस्थित भएका थिए । कार्यक्रममा तेन्जिङ नोर्गै शेर्पाको बायोग्राफी पनि प्रस्तुत गरेका थिए ।
स्व. तेन्जिङ नोर्गे शेर्पाले शेर्पा समुदायको मात्र नभएर नेपाललाई विश्व माझ चिनाउने पहिलो व्याक्तिको रुपमा हामी हेर्ने गर्छौ । उहाको साहसले गर्दा नै आज हामी विश्वको जुन सुकै कुना कन्दरामा पुगे पनि शेर्पा जाती भन्ने वित्तिकै नेपालको हिमाली भेगमा बसोवास गर्ने जाती र सगरमाथा आरोहण गर्ने पहिलो व्याक्तिका सन्तान शेर्पा भनी चिन्ने गर्छौ । (तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखरमा पाइला टेक्दा रोएका थिए रे किन रोएको भनी सोध्दा जवाफमा उनले मैले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरे अव यो भन्दा अग्लो अर्को ठाउँ कहा होला भनी रोएका थिए ) भनी वायोग्राफी प्रस्तुत गरिएको थियो ।
विडम्बनाको कुरा नेपाललाई विश्व माझ चिनाउन सफल महान योद्धा स्व. तेन्जिङ नोर्गे शेर्पाको जन्मजयन्ती नेपालमा मनाउन सकि रहेको छैन भने विदेशमा भने भव्य रुपमा मनाउने गर्दछन।
वइस्ट बेङ्गल शेर्पा कल्चर बोर्डको स्थापना २०१३ मा भएको थियो यस बोर्ड स्थापना गर्न बोर्डका अध्यक्ष निमा ओङ्दी शेर्पाले धेरै मेहनत र परिश्रम गरेका छन। उनले शेर्पा भाषा, कला, सांस्कृतिको संरक्षण गर्न र कालिपोङको दुर्गम भेगमा बसोवास गर्ने गरिव शेर्पाहरुको सहयोगार्थ बोर्डको माग गरेका थिए । यस बोर्डले गरिव शेर्पाहरुलाई घर निमार्ण गरि दिने र गरिव शेर्पाका बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि छात्राबृद्धि प्रदान गर्दै आएको छ । बोर्डको उद्देश्य नै गरिव शेर्पाहरुलाई सहयोग गर्ने रहेको छ । हाल बोर्डले ४५ वटा घर निमार्ण गरि गरिव शेर्पाहरुलाई प्रदान गरि सकेको छ भने बोर्डको उद्देश्य १००० वटा घर निमार्ण गरि घर नभएका भाडामा बसोबास गर्दै आएका निम्नबर्गिय शेर्पाहरुलाई वितरण गर्ने लक्ष्य रहेको छ । भने अर्को तिर भाषा, धर्म, सांस्कृतिलाई संरक्षण गर्न बोर्डले पहल गरि रहेको छ । विभिन्न प्रशिक्षण, स्याब्रु नृत्य प्रतियोगिता पनि गर्दै आइ रहेका छन ।
सिक्किमा पनि शेर्पा जातीको भाषा, कला, सांस्कृतिको संरक्षणमा डेज्युङ शेर्पा एसोसियसन लागि परेको छ । उनिहरुसँगको भेटघाटको क्रममा सिक्किममा शेर्पा भाषा, कला सांस्कृतिको संरक्षणमा संस्था लागि परेको देखिन्छ । शेर्पा भाषा, लिपिलाई जोगाइ राख्न र नया पिढिलाई हस्तान्तरण गर्न शेर्पाहरुको बस्ती रहेको विद्यालयहरुमा कक्षा १ देखि १० सम्म आफ्नै मात्रृभाषामा पढाइ हुदै आइरहेको र संस्थाले विभिन्न चरणमा भाषा सम्बन्धी तालिम, स्याब्रु नृत्य प्रतियोगिता, शेर्पा खानाहरुको स्टल राख्ने गरेको जानकारी पाए । उनिहरुसंगको छोटो भेटघाटको क्रममा मैले धेरै कुरा सिक्ने मौका पाए । उनिहरुले प्रकाशन गदै आएको पत्रिका, लगायत शेर्पा भाषामा रहेको पुस्तकहरु पनि मैले पढ्ने मौका पाए ।
अहिले नया पिढिमा भाषा, कला, सांस्कृतिको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालमा मात्र नभएर विश्वमा छरिएर रहेका शेर्पाहरुको ध्यान केन्द्रित भएको छ । लोप हुनबाट बचाउन विभिन्न शेर्पा भाषा सम्बन्धि तालिमहरु पनि संचालन गदै आइरहेको छ ।
भाषा भनेको एकदमै महत्वपुर्ण हुन्छ समाजमा बस्नका लागि र आफ्नो रितिरिवाज जान्नका लागि भाषाले म को हु त भनी चिनाउने पनि गर्छ । अहिलेको नया पिढिहरुमा भाषा नजानेर धेरै समस्या आउने गरेका छन। भन्नलाइ र लेख्नलाई शेर्पा लेख्छौँ भन्छौँ तर।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार