ट्रक ड्राईभरको लापरवाहीको विरुद्धमा पीडितहरु सडकमा

२०७० जेष्ठ १३ गते, सोमबार

पोखरा, ट्रक ड्राईभरको लापरवाही र गण्डकी ट्रक यातायात व्यवसायी संघको वेवास्तापूण् व्यवहारको विरुद्धमा पीडित र आफन्तहरु सडकमा उत्रिदाँ पृथ्वीराजमार्ग झण्डै चार घण्टा ठप्प भएको थियो । पीडितहरुले अन्यायपूवक र लापरवाहीपूण ढंगले ट्रक हाँक्ने प्रवृत्ति र घटनालाई सामान्य रुपमा लिने ट्रक व्यवसायीहरुको मानसिकतालाई बदल्न आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले कानुन अनुसारको कारवाहीसँगै लापरवाहीपूण् ढंगले ट्रक हाँक्नेले उचित क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् ।
लेखनाथ नगरपालिका वडा नं. ४ राखीडाँडाका ३४ वषीय अनङ्गमराज तिमल्सेनाको गत वैशाख २९ गते दिउँसो साढे एक बजेको समयमा त्रि्र गतिमा अनियन्त्रित ढंगले आएको ट्रकले कारमा ठक्कर दिदाँ घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रक अनियन्त्रित ढंगले आएपछि संशकित बनेका तिमल्सेनाले आफ्नै र्साईडमा कार रोकी राखेको अवस्थामा एक्कासी आएर ठक्कर दिदैं कारलाई केही परसम्म ट्रकले घकेल्दै लगेको सोही कारमा सँगै बसेका तिमल्सेनाका भाइ दिपेन्द्रराजले बताए । भाइ दिपेन्द्रराजले भने-‘दाइले ट्रकको गति असामान्य देखेपछि स्पीड कम गरी आफ्नै र्साईडमा कार रोक्नु भएको थियो, तर त्यती हुँदाहुँदै पनि ट्रक गलत र्साईडमा आएर ठोक्कियो र यो अकल्पनीय दर्ुघटना हुन पुग्यो ।’
ग १ ख ३४३८ नम्बरको ट्रकले लेखनाथ नगरपालिका वडा नं. १३ तल्लो गगनगौंडा, लामे आहालस्थित कारलाई ठक्कर दिएको थियो । मृत्यु हुने अनङ्गमराजले सो कार चलाएका थिए । सामाजिक, राजनीतिक र अन्य हिसाबले समेत अग्रणी भागमा रहेर काम गर्दै आईरहेका अनङ्गमराजको मृत्युले पोखरालाई मात्र नभएर देशलाई समेत अपूरणीय क्षति पुगेको छ । दुइ मलेसियन वरिष्ठ डाक्टर दम्पत्ति र दाजुभाइ भएर काठमाडौंदेखि पोखरा आउने घरमा घर नजिकै आईपुगेका अनङ्गमराजको दुःखद निधन भएको थियो । घटनालाई प्रत्यक्षरुपमा देख्ने प्रत्यक्षदर्शीहरुले ट्रकको अनियन्त्रित गतिका कारण यो दुघटना निम्तिएको बताए । प्रत्यक्षदर्शीहरुले कार चालक तिमल्सेनाले आफू मरेर पनि अन्य तीनजनाको ज्यान जोगाएको भन्दै लापरवाहीपूण् ढंगले सवारी हाँक्नेलाई घटनाको प्रकृति हेरेर ज्यान मार्ने मुद्दामा कारवाही हुनुपर्ने धारणा समेत व्यक्त गरे ।
लेखनाथ नगरपालिकाको बुढीबजारमा जम्मा भएका आफन्त र पीडित पक्षहरुले बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता लागेको भन्दै यस घटनालाई राज्य र सम्बन्धित निकायले गम्भिरतापर्ूवक लिनुपर्ने आवाज उठाएका छन् । कुनै पनि निर्दोष नागरिकको हत्या वा यस्तो मृत्युवरण अरुको लापरवाहीको कारण हुन्छ भने हदैसम्मको कारवाही हुनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग समेत राजमार्ग अवरुद्ध गरेर बसेका आफन्तहरुले राखेका थिए ।
पृथ्वीराजमार्ग नै ठप्प पारी आफन्तहरु ट्रक चालकको लापरवाही र गण्डकी ट्रक यातायात व्यवसायी संघको गैरजिम्मेवारीपूण व्यवहारप्रति निकै आक्रोशित देखिन्थे । पीडित धु्रबराज चालिसेले सम्बन्धित पक्षहरुले घटनाको संवेदनशिलतालाई कुनै वास्ता नै नगरी एउटा कुखुराको चल्ला मरेको भन्दा पनि तल्लो व्यवहार प्रदर्शन गर्दा आफन्तहरुको चित्त दुखेको बताए ।मृतकका भिनाजु चालिसेले भने-‘यो घटना दर्ुघटना भन्दा पनि हत्या जस्तो भएको छ । ट्रक चालकको लापरवाहीका कारण निर्दोष व्यक्तिको ज्यान गुमेको छ, यस विषयमा यातायात व्यवसायी संघ र सवारी धनी गम्भिर बन्न नसक्ने हो भने स्थिति अकल्पनीय र दुःखद पनि हुन सक्छ, बेलैमा सम्बन्धित निकायहरु सचेत हुन आवश्यक छ ।’परिवारको मूली मान्छेकै मृत्यु भएको छ । त्यो पनि अर्काले लापरवाही पर्ूण्ा तरिकाले सवारी साधन चलाएर ठोकेर मृत्यु भएको छ । यस घटनालाई पीडित पक्षले कदापि पनि सामान्य रुपमा लिन सक्दैनन, पीडित चालिसेले प्रत्रि्रश्न गर्दै भने-‘यो देशमा कसैलाई पनि मान्छे मार्न छुट छैन र लाईसेन्स पनि हत्या गर्नका लागि दिइएको होइन ।’निकै आक्रोशित रुपमा देखा परेका आफन्तहरुले यदि पाँचलाख रुपैयाँ दिएर मान्छेको हत्या गर्न पाईन्छ भने चालक र सवारी धनीलाई गाडीमा त्यसरी नै राखी घटनाको पुनरावृत्ति गर्न पाउनु पर्ने आवाज समेत उठाएका थिए । पीडितहरुले कानुनले दर्ुघटनाको पनि प्रकृति हेरेर कारवाही नगर्ने हो भने लापरवाही पूण् तरिकाले यसरी सवारी साधन हाँक्नेहरुले धेरैको परिवार उजाड बनाउने हुँदा बेलैमा यस विषयमा गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । पीडित आफन्तहरुले एक होनहार अनङ्गमराज गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसक्ने भन्दै अरु यस्ता धेरै अनङ्गमराजहरुको जीवन अब पनि गुमाउन नपरोस् भन्दै आक्रोश व्यक्त गरे ।
गण्डकी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष कृष्णहरि जिसीले घटना दुःखद भएको भन्दै आफूहरु पीडितका पक्षमा संवेदनशिल रहेको दावी गरे । डन न्यूजसँगको टेलिफोन कुराकानीमा अध्यक्ष जिसीले भने-‘हामी गम्भिर छौं, कानुन बमोजिम अघि बढ्न हामी तयारै छौं ।’
शुक्रबार दिउँसो पृथ्वीराजमार्ग ठप्प भए पछि जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको पीडित पक्ष र ट्रक व्यवसायीहरु बीचको वार्ता सहमतिमा पुग्न सकेन । पीडित पक्षले कानुन बमोजिम कारवाही आफ्नो ठाउँमा छ, लापरवाहीपर्ूण्ा ढंगले घटना घटाएपछि यसको क्षतिपूर्ति दिनु पर्छ कि पर्दैन – भनेर सचेत गराउँदै नजिरका रुपमा यस घटनालाई स्थापित गराउने कोसिसमा लागिपरेका थिए । जसका कारण वार्ता सहमतिमा पुग्न नसकेपछि शनिबार विहान ११ बजे पुनः बस्ने गरी टुंगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले पीडित पक्षले दोषीमाथि कारवाही र उचित क्षतिपर्ूर्तिको माग राख्दै राजमार्ग बन्द गरेको जानकारी दिए । डिएसपी खड्काले भने-‘पीडित पक्षको आक्रोश स्वभाविकै हो, तर वार्ताको माध्यमबाट समस्या हल नखोजी राजमार्ग नै ठप्प पारेर अरु निर्दोष यात्रुहरुलाई दुःख दिने काम पनि गर्न हुँदैनथ्यो ।’
डिएसपी खड्काले भने-‘पीडित पक्षहरुलाई कानुनी उपचारको बाटो जाने र क्षतिपूर्ति माग गर्ने अधिकार छँदैछ । घटनाको प्रकृति हेरेर पनि लापरवाही हो भने त्यसै अनुसार कारवाही हुनै पर्छ । तर व्यवसायी र पीडित पक्षको मात्र छलफल भएकोले यस विषयमा हाम्रो अन्य कुनै अन्य भूमिका भने रहेन ।’घटना लगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्राई रहेका मृतकका भाइ दिपेन्द्रराजले ट्रक ड्राइभरको लापरवाहीका कारण भएको यो दुःखद घटना अरुमाथि नदोहोरियोस् भन्दै नजिरका रुपमा यस घटनालाई स्थापित गर्न आफूहरुले आवाज उठाएको बताए । यस घटनामा संलग्न दोषीलाई उन्मुक्ती नदिनका लागि सबै पोखरेली, सञ्चारमाध्यम, प्रहरी प्रशासन र बुद्धिजिवी अनि नागरिक समाजले सहयोग गर्न पनि उनले आग्रह गरे ।
रोटरी क्लब पशुपति-काठमाडौंका निर्वाचित अध्यक्ष समेत रहेका सामाजिक व्यक्तित्व अनङ्गमराजको मृत्युले यतिबेला परिवारमात्र नभई देश नै शोकको घडीमा डुबेको छ । एक छोरा, एक छोरी र श्रीमती यतिबेला बिचल्लीमा परेका छन् । साना छोराछोरीलाई आफ्नो बुबाको मृत्यु भएकोसम्म पत्तो छैन । अर्काको लापरवाहीका कारण यसरी एउटा व्यक्तिको सिंगो परिवार ध्वस्त हुनु सामान्य घटना हुन सक्दैन । जसले गल्ती गरेको हो, उसले सजाय पाउनु पर्छ तर निर्दोष व्यक्तिले पीडा भोग्नु प्राकृतिक नियमको पनि विरुद्धमा हो । त्यसैले यस घटनामा संलग्न ट्रक चालक र सवारी मालिकमाथि पनि कारवाही आवश्यक भएको पत्रकार सुरेश रानाभाटले बताए ।
पत्रकार रानाभाटले भने-‘सवारी चालक अनुमति पत्र, कसैको हत्या गर्ने लाईसेन्स बन्नु हुँदैन । दुघटनाको प्रकृति हेरेर चालकमाथि र सवारी धनीमाथि कारवाही नहुने हो भने भोलि यस्ता घटना तिनैमाथि नदोहोरिन सक्दैन भन्न सकिन्न ।’ चालकको लापरवाहीका कारण घटना भएपछि आक्रोशित बनेका आफन्त, शुभचिन्तक, साथीभाइ र गाउँलेहरुले चार/चार घण्टा राजमार्ग ठप्प पार्दै देखाएको सांकेतिक विरोधलाई यदि सामान्य रुपमा मात्र सम्बन्धित निकाय र पक्षले सामान्य बुझ्ने कोसिस मात्र गर्र्यो भने त्यसले परिणाम नराम्रो निकाल्ने चेतावनी पीडित पक्षले दिएका छन् । ट्रक व्यवसायी समितीले यस्ता समस्या र चालकका लापरवाहीलाई समयमा नै सही व्यवस्थापन र कारवाहीको दायरामा ल्याउन नसक्ने हो भने भोलिका दिनमा पहिलो शिकार यिनै व्यवसायी नैं नहोलान् भन्न सकिन्न ।
कुरा अझै मिलेन, बन्द राजमार्ग खुलाउन प्रहरी हस्तक्षेप’८१ जना प्रदर्शनकारी पक्राउ । जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडित पक्ष र गण्डकी ट्रक यातायात व्यवसायी समितीको पटक-पटक भएको वार्ता असहमतिमा पुग्न सकेन । जिल्ला प्रहरी कार्यालय कास्कीमा वार्ता हुन नसक्दा आन्दोलित भईरहेका पीडित पक्षहरुले लेखनाथ नगरपालिकास्थित पृथ्वीराजमार्ग अर्न्तर्गत बुढिबजार शनिबार पनि ठप्प पारिदिएका थिए । बन्द राजमार्ग खुलाउन प्रशासनले प्रहरीको व्यापक परिचालन गरेको थियो । सो क्रममा ८१ जना प्रदर्शनकारीलाई पक्राउ गरी शनिबार साँझ नै छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पीडितपक्षका अनुसार प्रहरीले चरम दमन गर्दै महिलामाथि समेत लात्ती प्रहार गरेर निकृष्टता प्रदर्शन गरेको बताए । पीडित धुब्रराज चालिसेले डन न्यूजसँग भने-‘केही प्रहरीहरु संयमित थिए भने केही पुरुष प्रहरीले महिला भने भनेनन्, निकृष्ट रुपमा महिलामाथि समेत लात्ती हाने ।’ यता प्रहरीले बन्द राजमार्ग खुलाउने नाममा देखाएको अराजकता र अमानवीय व्यवहारप्रति भने सारा गाउँलेहरु दुःखी भएका छन् ।
गत वैसाख २९गते लेखनाथको लामेअहालमा भएको सडक दुघटनामा परी मृत्यु भएका लेखनाथ -४ का ३४ वषिर्य अनङ्गमराज तिमल्सेनाको परिवारले घटनाको छानविनमा ढिलाई र वेवास्ता भएको भन्दै शुक्रबार र शनिवार पृथ्वीराजमार्ग खण्डको बुढीबजारमा बाटो अवरुद्ध पारेका थिए । शुक्रबार चार घण्टा राजमार्ग अबरुद्ध भएको थियो भने शनिबार विहान विहान १२ वजे देखि बन्द गराएको भए पनि प्रहरीले हस्तक्षेप गरी बल प्रयोग गरेर बाटो खुलाएको थियो ।
घटना भएको १४ दिन बितीसक्दा पनि सरोकारवाला ट्रक यातायात व्यवसायी समितीले क्षतीपूर्ति र उपचारका सवालमा कुनै चासो नदेखाएको भन्दै पिडित परिवारको तर्फाट अवरुद्ध गर्राईएको बाटो प्रहरीले बल प्रयोग गरी दुइ बजे देखि खुलाएको थियो । वारम्वारको वार्ता असफल भएपछि वाध्य भएर पीडित परिवार र स्थानीयवासीको सहयोगमा राजमार्ग बन्द गर्राईएको थियो ।
बन्द गर्नका लागि बाटोमा बसेका महिलाहरुलाई समेत प्रहरीले अमानवीय तरिकाले जबरजस्ती गाडीमा राखी कोहीलाई वडा प्रहरी कार्यालय रामबजार र कोहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याएको थियो । सो क्रममा प्रहरीका ेकुर्टाईबाट बलराम तिमील्सेना र्घाईते भएका थिए । उनलाई प्रहरीले नै उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याएको थियो ।
सडक अवरुद्धका कारण पोखरा तर्फआउँदै गरेका सवारी साधन र पोखरावाट छुट्ने सवारी साधानको लाईनले बाटो झै अस्तव्यस्थ देखिन्थ्यो भने यात्रुहरु समेत बिचल्लीमा परेका थिए ।
घटना कै विषयलाई लिएर प्रहरी प्रशासान, ट्रक व्यवसायी समिती र पीडित परिवारको तर्फाट जिल्ला प्रहरी कार्यलयमा भएको वार्ता विना निष्कर्षा पुगेपछि पीडित परिवारले आफ्नो मागको कुनै सुनुवाई नभएको र घटनाका दोषीलाई ढाकछोप गर्ने काम भएको भन्दै अन्तिम विकल्पका रुपमा बाटो अवरुद्ध गर्राईएको पिडित श्रीकान्त बरालले बताए ।
गत वैशाख २९ गते काठमाडौवाट पोखरा तर्फआउँदै गरेका तिमल्सेनाले चलाएको निजी कार वा ४ च ६२३३ लाई विपरीत दिशावाट आउदै गरेको अनियन्त्रत ग १ ख ३४३८ नम्वरको ट्रकले लेखनाथको लामेआहालमा ठक्कर दिदाँ अनङ्गमराज तिमल्सेनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने सोही घटनामा परि र्घाईते भएका अनङ्गमराजका भाइ दिपक र दर्ुइजना मलेशियन दम्पती समेत र्घाईते भएका थिए । अनुहारमा विशेष गरी ओठ चिरा र हातमा समेत गम्भिर चोट लागेका ती विदेशी नागरिकहरु भोलिपल्ट नै थप उपचारका लागि भन्दै सामान्य उपचारपछि आप्नै देश फर्किएका थिए । ती नागरिकका विषयमा पनि सम्बन्धित निकायले थप जानकारी बाहिर ल्याउँदैछन् ।


प्रतिक्रियाहरु

[anycomment]