माओवादीको बन्दले गुल्मी र धनकुटा पुरै ठप्प
काठमाडौं २७ जेठ । नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मी र धनकुटाको जनजिवन ठप्प भएको छ । बन्दका कारण गुल्मी र धनकुटाबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छनैन् । बन्दबाट बजार, शिक्षण संस्था,उद्योगधन्दाहरु पूर्ण रुपमा ठप्प भएका छन् ।
धनकुटामा बन्दको अबज्ञा गर्ने चार वटा मालबाहक गाडी माओवादी कायकर्ताले तोडफोड गरेका छन । बन्दको अबज्ञा नगर्न सम्झाई बुझाइ गर्दा अटेर गरे पछि ति गाडीलाई जनकारबाही गरिएको धनकुटाका आकाश शर्माले बताए ।
यसैगरी , गुल्मीको सदरमुकाम तम्घास बजार सहित ग्रामीण भेगमा रहेका मुख्य व्यापारिक केन्द्र शान्तिपुर, रिडी, वामीटक्सार ,भुवाचिदी, वलेटक्सार, सिमलटारी लगायतका स्थानका बजारहरु पनि बन्द रहेको नेकपा माओवादी गुल्मीका खिम खड्काले जानकारी दिए । गुल्मीमा बन्दलाई कसैले अबज्ञा नगरेकोले शान्तिपूर्ण रुपमा बन्द सफल भईरहेको खड्काले बताए ।
आफ्ना पार्टीका जिल्लास्तरीय नेता–कार्यकर्ताहरु सरकारद्धारा गिरफ्तारपछि लामो समयसम्म पनि रिहा नभएपछि माओवादीले बाध्य भएर बन्द कार्यक्रम राखेको बताएको छ ।