इक्यान बृहत शैक्षिक मेला सुरु हुदै
काठमाडौ, २८ जेठ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले राजधानीको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला आयोजना गर्दैछ । मेला सोमबारसम्म चल्नेछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेला गर्न लागेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।
परामर्श दिने संस्थाहरुको दुई सय २५ स्टल हुनेछ । त्यस्तै २५ वटा पेभिलियन पनि हुनेछ । मेलाले व्यवसाय प्रबद्र्धन गर्ने र सरोकारवाला अभिभावक, विद्यार्थीलाई सुचित गराउने मुख्य उद्येश्य राखेको छ । मेलामा आउने विद्यार्थीले अष्ट्रेलियाको नयाँ नितीको बारेमा जानकारी दिन बिशेष जोड दिने भएको छ । बिगतको मेलामा विदेशी शिक्षण संस्थाले सिधै स्टल राख्ने गरेको थियो ।
यसपालि इक्यान सदस्य मार्फत मात्रै स्टल राख्न पाउने नयाँ व्यवस्था गरेको छ । मेलामा अष्ट्रेलियाको १८ वटा, न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्थाले रहनेछ ।