उपत्यकाका सडक फराकिला बनाइँदै

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यका विकास प्राधिकरणले नगर विकास योजनाभित्र पर्ने सहरी क्षेत्रमा हुने क्रियाकलापसम्बन्धी निर्देशिका (मापदन्ड) २०३३ अनुसार १४ सडक केन्द्रदेखि दायाँबायाँ ११ मिटर छोड्न अनुरोध गरेको छ । उपत्यकाको शाखा (आर्टेरियल) सडक भएकाले सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरी २२ मिटर चौडा बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।
तत्कालीन नगर विकास समितिले पनि स्पस्ट मापदन्ड तोकेका यी सडकलाई विस्तार गर्ने कार्यक्रम अघि बढेकाले सडकको केन्द्रदेखि ११/११ मिटर खाली गर्न अनुरोध गरेको प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए ।
दुबैतिर ११ मिटर कायम गरिएका सडकमा कलंकीस्थान–चारदोबाटो, कालिमाटी–विष्णुमतीपुल, त्रिपुरेश्वर बाग्मती पुल–थापाथली, कुपन्डोल–पुल्चोक, जावलाखेल–लगनखेल, चक्रपथ–नख्खुखोला–भैंसेपाटी हुँदै बुङमतीसम्म, त्रिपुरेश्वर–नागस्थान–महांकालस्थान–रत्नपार्क (असन जाने चार दोबाटो) रहेका छन् ।
यस्तै, राष्ट्रिय नाचघर–कान्तिपथ, शीतल निवास–चक्रपथ–बाँसबारी हुँदै बूढानीलकन्ठ प्रहरीचौकीसम्म, लैनचौर (तीन दोबाटो)–सोह्रखुट्टे पाटी–विष्णुमती पुल हुँदै चक्रपथसम्म, थापाथली (बाग्मतीको पुल)–सिंहदरबार–पुतलीसडक–कमलादी (गणेशस्थान जाने तीन दोबाटो)–हात्तीसार–जयनेपाल चित्रघरको उत्तर पूर्वको तीन दोबाटो, नारायणस्थान–दरबारमार्गको तीन दोबाटो–कान्तिपथ–केशर महलको चार दोबाटोसम्म, गौशाला चोक–मैतीदेवी–ज्ञानेश्वर–कमलपोखरी–प्रज्ञाभवन–तीनधारा पाठशालासम्म दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, पुरानो बानेश्वरचोक–गौशालाचोकसम्म, चाबहिलचोक–बौद्ध–जोरपाटी–गोकर्ण रिसोर्ट मूलद्वार–साँखुसम्म, जोरपाटी–गोकर्ण मन्दिर–सुन्दरीजलसम्म, विष्णुमती पुलबाट पश्चिमतर्फ माछा पाल्ने पोखरी–पूर्वतर्फ चक्रपथ–बालाजु माथिल्लो बजार हुँदै त्रिशूली सडकको काठमाडौं सीमासम्म, कालिमाटी–त्रिभुवन विश्वविद्यालय मूलद्वार–दक्षिणकाली पार्किङस्थलसम्म, एकान्तकुना–भनीमन्डप चक्रपथ हुँदै खाद्य संस्थानको गोदामसम्म, जावलाखेल–लगनखेल–सातदोबाटो–खुमलटार–हरिसिद्धि–थैव–बाँडेगाउँ–किटनी हुँदै गोदावरी कुन्डसम्म, चक्रपथ– इमाडोल– सानागाउँ–लुभू–महालक्ष्मी चौर हुँदै लामाटारसम्म, सातदोबाटो (चक्रपथ)–टुटेपाटी ढोलाहिटी–सुनाकोठी–ठेचो–प्याङ गाउँ–लेले तिलेश्वर हुँदै सरस्वती कुन्डसम्म पनि केन्द्रदेखि दायाँबायाँ ११ मिटर सडक चौडा गरिने प्रवक्ता न्यौपानेले बताए ।
‘यो मापदन्ड वि.सं. २०३३ मै बनेको हो, यसपछि बनेका संरचनाले यसलाई पालना गर्नुपथ्र्यो, नगरेको पाइएमा भत्काउनुपर्ने छ, मापदन्ड बन्नुअघि नै बनेका संरचनाका धनीलाई मुआब्जा दिइनेछ’–उनले भने ।
यी सडकमध्ये चालु आर्थिक वर्षमा चाबहिल–जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल र त्रिपुरेश्वर–नागढुंगासम्म केन्द्रदेखि दायाँबायाँ दुबैतिर ११ मिटर सडक कायम गर्ने काम सुरु भइसकेको प्राधिकरण काठमाडौंका प्रवक्ता नरेन्द्र न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

२०८२ बैशाख २४ गते, बुधबार

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८२ बैशाख २४ गते, बुधबार