लामखुट्टे भगाउने टिभि !
काठमाडौं, २९ जेठ । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी एलजीले लामखुट्टे भगाउने टिभी बनाएको छ। सो नयाँ टिभी सेटको सिरिज हालै सार्वजनिक भएको छ। यस टिभीले लामखुट्टेलाई भगाउने कम्पनीले जनाएको छ । यसमा भएको अल्ट्रासोनीक प्रणालीले लामखुट्टेलाई टाढा राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ। यसमा ध्वनी तरङ्ग प्रविधिको प्रयोग गरिएको छ जसले कुनै प्रकारको हानीकारक रेडिएसन उत्पन्न नगरी लामखुट्टे भगाउने काम गर्छ । – एजेन्सी