‘ क्यान्सर रोगबाट बच्न सकिन्छ’

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । क्यान्सरका रोगीहरु वृद्धि भइरहेका बेला त्यसको निराकरणका लागि चिकित्सकहरुसँग अन्तरक्र्रिया गरिएको छ । रत्न पुस्तकालय बानेश्वरले क्यान्सर रोगसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिकित्सकहरुले बेलैमा क्यान्सर रोगको उपचार गर्न सुझाव दिएका छन् । उनीहरुले नेपालमै पनि अव क्यान्सर रोगसम्वन्धी वरिष्ठ चिकित्सक र अस्पताल भएकाले वेलैमा उपचार हुनसके यस रोगबाट बच्न सकिने बताए ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र वराल, चिकित्सक डाक्टर प्रकाश न्यौपानेलगाएतको उपस्थिति थियो । कार्यक्रममा साहित्यकार एवम् लेखक कर्ण शाक्य, इमेज च्यानलका उपाध्यक्ष इन्दिरा मानन्धरलगाएतले क्यान्सर रोगबाट बच्न आफुमा आत्मवल साथै समयमै उपचार गरि आफू र परिवारको पीडालाई पूर्ण रुपमा हटाउन सकिने विश्वास व्यक्त गरे ।
नेपालमा क्यान्सर रोग लागेका ८० प्रतिशत विरामी अस्पतालको पहुँच वाहिर रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]