सयौ सर्प जंगलमा छाडेपछि….

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । चीनमा एक महिलाले सयौ सर्प जंगलमा छाडेकि छन । उनले प्राणीहरुप्रति दया देखाउने एउटा धार्मिक अनुष्ठानअन्तर्गत सयौ सर्प जंगलमा छोडेकी हुन् । तर गाउँलेहरुले ति सर्प विषालु भएको र डस्ने आशंकामा धमाधम मार्न थालेका छन् । स्वयमलाई ‘कूल मैंडी’ बताउने महिलाले सामाजिक वेभसाइट वाइबोमा लेखेकी छन्–मूल रुपमा हामीले त २ सय सर्पलार्य मुक्ति दिएका थियौ । तर अब हाम्रो अनुमान अनुसार सर्पको संख्या करिब ९ सय पुगेको हुनुपर्छ । पछि ती महिलाले वेभसाइटबाट आफ्नो पोस्ट हटाएकी छन् । तर, त्यसअघि चीनको एउटा सरकारी पत्रिकाले एउटा लामो रिपोर्ट प्रकाशन गरेको थियो ।
उक्त सर्पहरु सिछुआन प्रान्तको पहाडी क्षेत्रमा छोडिएको बताइएको छ। जहाँबाट सर्पहरु चाँडै नजिकैको एउटा गाउँ प्रवेश गर्न लागेका थिए । शांघाइस्ट पोस्टका अनुसार गाउँलेहरुले सर्पलाई मार्न सुरु गरेका छन् । खबरअनुसार गाउँबासीले कयौ रात अनिद्रै बिताएका थिए । एक व्यक्ति त आफ्नो घरबाहिर सुरक्षित रहे नरहेको हेरेर बसेका थिए ।
गाउँबासीका आशंका पनि गलत नरहेको छेंगदू इकोनमिक टाम्यसले जनाएको छ । जंगलमा छाडिएका केही सर्प विषालु रहेको टाइम्सले जनाएको छ। बीबीसी चिनियाँ सेवाका याशान चाओका अनुसार चीनमा कैद गरिएका जनावर छाड्नुलाई राम्रो मानिन्छ । विशेषगरी बौद्ध धर्मावलम्बीमा यो अनुष्ठान प्रचलित छ । यसका लागि माछा, सर्प, चरा र कछुवा छोड्नुअघि स्थानीय बजारबाट किन्ने गरिन्छ । तर, ‘कूल मैंडी’ ले जे गरिन्, त्यसको चिनियाँ सामाजिक सञ्जालमा खुव आलोचना भइरहेको छ। एक युजरले लेखेका छन्–यसप्रकारका जीव छोडेकोप्रति मेरो विरोध छ । उक्त महिलामाथि कारबाही हुनुपर्छ । उनका कारण गाउँबासीको ज्यान जोखिममा परेको छ। अन्य एक वाइभो युजरले लेखेका छन्–उनी किन सर्पलाई आफ्नो वेडरुममा छोड्दिनन् ? – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]