बेनी बजार डुबानमा

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडौं, ३० जेठ । म्याग्दीको बेनी बजार डुबानमा परेको छ । गएराति परेको भीषण वर्षाका कारण बेनी बजार डुबानमा परेको हो । म्याग्दीकै अर्थुङ्गे क्षेत्रबाट बाढी आउँदा सदरमुकाम बेनीबजारका क्याम्पसचोक र मंगलाघाटका ५० भन्दा बढी घर डुबानमा परेका छन् । क्याम्पसचोक र मंगलाघाटकामा बाढीले बगाएर ल्याएको लेदो थुप्रिएको छ । बाढीका कारण त्यहाँका बासिन्दा त्रसित भएका छन् । बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार