एनसेलमाथि जनकारबाही तिब्र ,सयौ टावर ध्वस्त

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडौं, २९ जेठ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेकपा माओवादीले एनसेलमाथि जनकारबाही तिब्र पारेको छ । जनकारबाही स्वरुप हालसम्म सयौ एनसेलको टावरमा आगजनी भै सकेको छ । यसैक्रममा माओवादीले बाँकेको शम्शेरगन्जमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ । शम्शेरगन्ज ७ हवलदारपुरमा रहेको टावरमा भएको आगजनी कारण टावर बक्स, अप्टीकल केबल लगायतमा क्षति पुगेको छ ।
यसैगरी माओवादीले ताप्लेजुङको हाङपाङमा अवस्थित मोबाईल सेवा प्रदायक एनसेलको टावरमा पेट्रोल बम आक्रमण गरी क्षति पुयाएको छ । एनसेलले सर्बसाधरणलाई बिभिन्न बाहानामा ठगी गरिरहेको र कर तिर्न आनाकानी गरेको र पुरै कर राज्यलाई नबुझाएकोले आक्रमणको चेतावनी दिदै आएको थियो ।
एनसेल ताप्लेजुङका लागि प्राविधिक बसन्त निरौलाले आक्रमण भएको नभएको जानकारी आफुलाई नआएकोे तर हाङपाङ साईटको सेवा जाँच गर्दा डाउन देखाएको बताए । आक्रमणबाट कति क्षति भयो भन्ने अहिलेसम्म थाहा भएको छैन । तर टावरमा आवश्यक सामाग्रीहरू पूर्ण रुपले जलेर नष्ट भएको छ । २ जीको टावर मात्र भएको हुनाले, १ करोड बढीको क्षति हुने र ३ जी भएको भए चाहिँ ३ करोड बढी क्षति हुन्छ ताप्लेजुङको लागि एनसेल प्राविधिक बसन्त निरौलाले जानकारी दिए ।
यसैगरी , स्याङजाको कालिकाकोट गाबिसको सिर्कोटमा रहेको एनसेल टावरमा माओबादीले गएराति पेट्रोलबम प्रहार गरेको छ । बम प्रहारले टाबर पुर्ण रुपमा क्षति भएको बुझिएको छ ।
भ्रष्ट, दलाल र राष्ट्रघातीलाई जनकारवाहीको पहिलो निसानामा राखिने भनी माओवादीको भनाई सार्वजनिक भएको केही दिन बित्न नपाउँदै कर छल्दै आएको एनसेलको विभिन्न स्थानमा टावरमाथि आक्रमण शुरु भएको हो । लाभ कर र पुँजी कर गेर एनसेलले राज्यलाई ३९ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । सो कर असुल्न संसदको अर्थ समितिले समेत सरकारलाई यसै हप्ता बैठकले निर्णय नै गरेर निर्देशन दिइसकेको छ । कर नतिरे कम्पनीको इजाजत नै खारेज गरिदिने चेतावनी दिइसकिएको छ ।
करिब महिना दिनपहिले सुनसरीमा उपभोक्ताले एनसेललाई कर तिराउन कम्पनीको सिमकार्ड बहिष्कार अभियान नै चलाइसकेका छन् । तैपनि सरकार मौन छ । यस्तैबेला एनसेलको भौतिक संरचनामाथि क्षति पुर्याउने घटना शुरु भएको हो ।
भ्रष्टाचारी, दलाल–सामन्त, कालोबजारी, तस्कर तथा राष्ट्रघातीलाई सरकारले कारवाही गर्न नसक्दा सर्वसाधारण चरम शोषणमा परिरहेको भन्दै नेकपा माओवादीले जनताको राजनैतिक अधिकार र जनजीविका विषयमा एजेण्डसहित संघर्ष चलाइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]