नेविसंघ महाधिवेशन साउन २३ देखि
काठमाडौं , ३० जेठ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११ औं महाधिवेशन आउँदो साउन २३ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महाधिवेशन साउन २३ गतेदेखि २५ गतेसम्म हुनेछ । नेविसंघले साउन २२ गतेदेखि नै भृकुटीमण्डप बुकिङ गरेको छ । भृकुटीमण्डपको भाडा वाफत् हरेक दिन २ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने छ । चार दिनसम्म हल र चौरको भाडामा मात्रै ८ लाख ४० हजार रुपैयाँ खर्च हुनेछ ।
महाधिवेशनमा करिब ३ हजार ४ सय प्रतिनिधिहरु सहभागी हुने नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनका अनुसार सोमबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको मिति, स्थान र आवश्यक तयारी लगायतका विषयमा औपचारिक निर्णय हुनेछ ।