माअाेवादीद्धारा ४ बिगाहा जमिन कब्जा

२०७३ जेष्ठ ३१ गते, सोमबार

काठमाडौं, ३१ जेठ । नेकपा माअाेवादी सुनसरीले अमाइजेला ७ मा जमिन्दार लिलाबहादुर नेपालकाे ४ बिगाहा जमिन कब्जा गरेकाे छ । अाइतबार दिउसाे १ बजे माअाेवादीका कार्यकर्ता र स्थानीय जनताकाे सहभागितामा साे जग्गा कब्जा गरिएकाे हो । माअाेवादीकाे सुनसरी कार्यालयमा स्थानीय जनताले उजुरी परेपछि कारबाही गरिएकाे बताइएकाे छ । सर्वसाधारणकाे जमिन जालसाजी गरेर अाफ्नाे हातमा लिएकाे भन्दै स्थानीय जनताले माअाेवादीको सहयोगमा जमिन्दार लिलाबहादुर नेपालकाे जमिनमा पुगेर राताे झण्डा गाडेर फर्किएका थिए । माअाेवादीद्धारा साे जग्गा कब्जा गरेकाे घाेषणा गरेपछि स्थानीयले माअाेवादीको उक्त कार्य प्रति खुशी ब्यक्त गरेको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]