माओवादी कार्यकताप्रति कडा निगरानी , सुकुम्बासी संघका केन्द्रिय महासचिव पक्राउ

२०७३ जेष्ठ ३२ गते, मंगलवार

काठमाडौं, ३२ जेठ । एनसेल नेटर्वकको टावर ध्वस्त हुनेगरी ३० गते मध्यरातमा नेकपा माओवादीले गरेको आक्रमण पश्चात माओवादीका नेता कार्यकताप्रति प्रशासनले कडा निगरानी बढाएको छ । सोमबार गृहमन्त्री शक्ति बस्नेतले कुनै पनी हालतमा विध्वसं मच्चाउनेलाई नछोड्ने चेतावनीसँगै सो निगरानी बढाएको हो । प्रहरीले गरेको उच्च निगरानीसँगै नेता तथा कार्यकर्ताहरुले समेत उच्च सर्तकता अपनाएको स्रोतले बताएको छ । गत ३० गते माओवादीले देशभरका ४३ वटा एनसेलका टावर ध्वस्त हुनेगरी कारबाही गरेको थियो ।
यता सोही आरोपमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रिय महासचिव लालबहादुर वि.क.लाई गएराती काभ्रेबाट पक्राउ गरेको छ । उनलाई एनसेलमाथी गरेको आरोपमा पक्राउ गरेको प्रशासनले जनाएको छ । उनी पक्राउ परेको विरोधमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले एक प्रेस विज्ञप्ती जारी गर्दै घोर आपत्ति जनाएको छ । विज्ञप्तीमा भनिएको छ ‘प्रतिक्रियावादी राज्यसत्ताले हाम्रो पार्टीले गरेका क्रान्तिकारी, जनमुखी एवंम जनजिविका तथा जनतन्त्रका सबाल साथै राष्ट्रियताका विषयमा उठाएको आन्दोलनबाट क्रसित भई हाम्रा पार्टीका नेता कार्यकर्तालाई विनाकारण हतास मानसिकताबाट गिरफ्तार गर्ने, झुट्टा मुद्दा मलगाउने, धरपकड गर्ने र अनावश्यक निग्रानी बढाएको प्रती हाम्रो घोर आपत्ती छ । क्रान्तिकारीहरुको लागी जेल नेल त्यती ठूलो कुरा होईन तर विनाकारण हाम्रो नेता कार्यकर्तालाई गिरफ्तार गर्ने यस्तो कार्य निकै निन्दनीय छ ।’ केन्द्रिय अध्यक्ष सिद्धिमान खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा तुरुन्त विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने र आफूहरुले सशस्त्र आन्दोलन गर्नेसमेत चेतावनी दिईएको छ । देशभरका नेता कार्यकर्ताहरुलाई प्रशासनले कडा निगरानीमा राखेको छ भने, धेरै ठाउँबाट नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिसकेको छ । – शिव डुम्रे

प्रतिक्रियाहरु

[anycomment]