लोकसेवा आयोग ६६ औं वार्षिकोत्सव मनाउदै

२०७३ असार १ गते, बुधबार

काठमाडौ, १ असार । लोकसेवा आयोगले आज आफ्नो ६६ औं वार्षिकोत्सव विशेष कार्यक्रम गरी मनाउँदैछ । आयोग परिसरमै हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने छिन । यसअवसरमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले प्रतिबद्धता व्यक्त गर्दै आयोगलाई निष्पक्षता, स्वच्छता, र योग्यता प्रणालीको धरोहरको रुपमा विश्वास कायम राख्ने बताएका छन । आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन अनलाइन प्रविधि लागू गरेको छ भने परीक्षण विधिमा पनि समयानुकूल परिमार्जन गर्दै लैजाने बताउँदै आएको छ । नेपालको नयाँ संविधानले पनि लोकसेवा आयोगको क्षेत्राधिकार पनि विस्तार गरिदिएकाले त्यसै अनुसार आयोगले दृढ भएर काम गर्ने अध्यक्ष मैनालीको भनाइ छ । २००८ साल असार १ गते तत्कालीन अन्तरिम शासन विधान २००७ को व्यवस्थाअनुसार आयोग स्थापना गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद दिवस मनाइँदै

२०८२ असार १६ गते, सोमबार

आज धान दिवस

२०८२ असार १५ गते, आईतवार

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

२०८२ असार १५ गते, आईतवार