सत्तासिन दल नै आन्दोलनमा

२०७३ असार २ गते, बिहीबार

काठमाडौ, २ असार । सत्तासिन राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । उपप्रधानमन्त्री चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध आन्दोलन चर्काउने भएको हो । मुलुकको राष्ट्रियता विखण्डनतर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै जनमोर्चा आजबाट आन्दोलनमा उत्रने भएको छ । आजदेखि जिल्लाव्यापी कार्यक्रम थालिने जनाइएको छ ।
महासचिव जनकराज शर्माले राष्ट्रियताको रक्षा, अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महँगी, भ्रष्टाचारविरुद्ध साउन २ गतेदेखि २५ गतेसम्म गाउँ र जिल्लास्तरीय कोणसभा गर्ने बताए ।
पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ । त्यसैगरी आगामी साउन २ गतेदेखि साउन मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]