‘ओबीआइ वर्ल्डफोन’ नेपाली बजारमा
काठमाडौं, ३ असार । अमेरिकी मोबाइल ओबीआइ वर्ल्डफोन नेपाली बजारमा पनि भित्रिएको छ । ओबीआइ वर्ल्डफोनका लागि नेपालको अधिकृत विक्रेता ज्योति ग्रुपको ‘स्टार्क टेक’ले यी सेट नेपाली बजारमा ल्याएको हो । कम्पनीले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ओबीआइ वर्ल्डफोनको बजार प्रवेश गराएको हो ।
कम्पनीले ‘एएफ–१’ र ‘एसएफ–१.५’ सेट नेपाली बजारमा भित्र्याएको छ । फोरजी एएफ–१ सेटको स्थानीय बजार मूल्य २१ हजार ६ सय देखि २६ हजार २ सय रुपैयाँ रहेका कम्पनीले जनाएको छ । यस्तै, थ्रीजी एसएफ–१.५ सेटको मूल्य १४ हजार ८ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।