युरोकपमा तेस्रो चरणका खेल सुरु हुँदै
काठमाडौ, ५ असार । फ्रान्समा जारी युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् ।यो चरणका खेल सकिएपछि समुहबाट प्रि क्वाटरफाईनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । आज राति समुह ए का अन्तिम लिग खेलहरु हुनेछन् ।
राति पौने १ बजे हुने खेलमा आयोजक फ्रान्स र स्विट्जरल्याण्ड भिड्दा रोमानियाले अल्बानियाको सामना गर्नेछ । यो समुहबाट फ्रान्स अर्को चरणमा पुगिसकेको छ भने अल्बानिया समुह चरणबाटै बाहिरिने निश्चित भइसकेको छ । युरोकप फुटबलअन्तर्गतको पछिल्लो खेलमा बेल्जियमले आयल्याण्डलाई पराजित गरेको छ । युरोकप फुटबल अन्तर्गत गएाति भएको अर्को खेलमा पोर्चुगललाई अष्ट्रियाले बराबरीमा रोकेको छ । गएराति नै भएको अर्को खेलमा आईसल्याण्ड र हंगेरीले १–१ गोलको बराबरी खेलेका छन् ।