एक सय छ बर्षीया हजुर आमाले बोकिन ओलम्पिकको दीप
काठमाडौँ, ५ असार । रियो डे जानेरो , ५ असार । नभकला (स्काइडाइभिङ्ग) मा निपूर्ण भएको तीन बर्षपछि आइडा जेमाङक्यु नामक एक बृद्धा ओलम्पिक दीप (टर्च) बोक्ने सवभन्दा जेठो उमेरको महिला हुनु भएको छ ।
उहाँले ब्राजिलको आमाजोनेली महानगर भनि परिचित माहापामा उक्त ओलम्पिक टर्च लिई प्रदर्शन गनु भएको छ ।
यस अघि १०१ बर्षीय बृद्ध अलेक्ज्यान्डर कप्टारेन्कोले सन् १०१४ मा आयोजित सोची २०१४ शितकालीन ओलम्पिक्स् खेलमा उक्त टर्च बोक्नु भएको थियो । यस रिकर्डलाई पनि हाल १०६ बर्षकी आइडाले जित्नु भएको छ ।
ओलम्पिक दीप बोक्ने यस कार्यबाट आफू अत्यन्तै उल्लासित र कृतज्ञ भएको आइडाले बताउनु भएको छ । आफ्नु जिवनमा यस्तो उल्लासमय कार्य होला भन्ने आफूले नचिताएको रियो २०१६ नामक वेभसाइडमा उहाँले बताउनु भएको छ । – रासस/ एपी