माअाेवादीद्वारा काबुल घटनाको विराेधमा र्याली आयोजना

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । नेकपा माअाेवादी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयसेवकले अफगानिस्तानमा १४ युवाकाे हत्या भएकाे विराेधमा आज काठमाडौँमा विराेध र्याली निकाल्ने भएकाे छ ।अफगानिस्तानको राजधानी काबुलमा हिजो विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको भएको थियाे । काबुलमा हिजो बिहान मिनी बसमाथि बम आक्रमण हुँदा १४ जनाको मृत्यु भएको हाे । जनस्वयसेवकको र्याली दिउसाे २ : ३० बजे शान्तिबाटिका जम्मा भइ जुलुससहित परराष्ट्र मन्त्रालयमा पुगेर विराेध पत्र बुझाउने भएकाे छ । साे विराेध र्यालीमा सहभागी हुन युवा जनस्वयंसेवकले सम्पूर्ण देशभक्त र क्रान्तिकारी युवाहरूमा अपिल गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]