मधेसी मोर्चाद्वारा सदनको बैठक बहिस्कार

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । मधेसी मोर्चासँग सम्बद्ध दलहरुले सदनको बैठक बहिष्कार गरेका छन । आजको सदनको बैठकमा तराई– मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट तराई पार्टी लगायतले विगतदेखि उठाउँदै आएका माग सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले सर्लाहीमा महिला हिंसाको घटना बढिरहेको भए पनि स्थानीय प्रशासनले ध्यान नदिएको भन्दै गुनासो गरे । महिला हिंसालाई प्रश्रय दिने स्थानीय प्रशासनलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । सरकारले मधेसी मोर्चासँग वार्ता गर्नेतर्फ कुनै ध्यान नदिएको र विरोधी समूहलाई विश्वासमा लिनेतर्फ कुनै पहल नगरेकामा गुनासो गर्दै मोर्चासँग यसअघि भएको आठबुँदे सहमति लगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनको यो धारणासगै मधेसी मोर्चासँग सम्बद्ध दलहरुले सदनको बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]