जिविस प्राविधिकलाई कालोमासो

काठमाडौँ , १३ असार । ने क पा माओवादी कालीकोटका कार्यकर्ताले जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई कालोमोसो दलेको छन । माओवादी कालीकोटका कार्यकर्ताले प्राविधिक जनक रोकायाले विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको,योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टमेट अनुसार नभएको भन्दै दुःखदिने गरेको भन्दै कालीकोटको सदरमुकामस्थित मान्मको विच बजारमा कालोमोसो दलेको हुन ।
साथै प्राविधिक जनक रोकायाले कर्णा्लि रोजगार कार्यक्रमको सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरा गर्ने गरेको बताएको छ । रोकायले एक करोड भन्दा ठुला योजनाहरुमा दुई देखि तिन लाख सम्म कमिशन माग्ने गरेको नदिएमा योजनाहरुको फरफराकमा रोकेको बताइएको छ ।
कालीकोट जिल्लामा माओवादीले भष्ट्राचार गर्ने र गराउनमा सहयोग गर्नेलाई आफुहरुले जस्तोसुकै चुनौति आएपनि नछाड्ने बताएको छ । माओवादी कालीकोटका जिल्ला सेक्रेटरी लोकजङ्ग शाहीका अनुसार आफहरुको लिष्टमा धेरै भष्ट्रचारीहरुको विवरण रहेकाले निरन्तर जारी राख्ने बताएका छन ।
केही दिन अघि जिल्ला सदरमुकाम मान्ममा आयोजित सभामा आफुहरुले जिल्लाका भष्ट्रचार गर्नेहरु माथि आफुहरुले कावाही गर्ने भन्दै उक्त पार्टीका केन्द्रिय सदस्य एटम विसिले उद्घोष गरेको एक हप्ता भित्र जनक रोकाया माथि कालोमोसो दलिएको बताइएको छ ।
यसैबीच , सार्वजनिक स्थलमा जिविस प्राविधिक जनक रोकाया माथि अभद्र व्यावहार गरेको भन्दै घटनामा संलग्न भएको आरोपमा माओवादी पूर्व जनसरकार प्रमुख तथा भेरी कर्णा्लि मुक्ति मोर्चाका कर्णा्लि संयोजक कर्ण बहादुर भण्डारी(विराट)लाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक टेक बहादुर जोराले जानकारी दिएका छन ।