सशस्त्र प्रहरीद्वारा तीन थान पेस्तोल बरामद

२०७३ असार १४ गते, मंगलवार

काठमाडौ, १४ असार । सशस्त्र प्रहरी टोलीले भारतवबाट नेपाल ल्याउन लागेको पेस्तोल र कोरेक्स बरामद गरेको छ । विशेष सुराकीको अधारमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी टोलीले तीन थान पेस्तोल बरामद गरेको बताएको छ । सिरहा लगडीगोठ–५ बाट तीन थान कटुवा पेस्तोल र पाँच थान कोरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सशस्त्र प्रहरी निरिक्षक विष्णु अधिकारीको कमाण्डमा रहेको टोलीले ती बस्तु बरामद गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
सशस्त्र प्रहरीलाई देखेपछि भारतीय मोटरसायकल छोडेर हतियार र कोरेक्स ओसार पसार गर्ने व्यक्ति भारतीय सिमा दशगजा तर्फ भागेको थियो । मोटरसायकलको डिकीमा दुई नाले कटुवा पेस्तोल १ थान र एक नाले कटुवा पेस्तोल २ थान र १०० एमएलका कोरेक्स ५ थान नियणत्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बसझाएको सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार