असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिन

२०७३ असार १५ गते, बुधबार

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाइने दिनका रुपमा मनाउने प्रचलन छ । आज अर्थात असार १५ लाई देशभरका किसानले चाडकै रुपमा मनाउने गर्दछन् । सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । यो वर्ष समयमै पानी परेकाले देशैभर रोपाईं भइरहेको छ । मानो रोपेर मुरी उब्जाइने दिनका रुपमा असार १५ लार्ई लिने गरिन्छ । यो दिन मुलुकभरका किसान दही चिउरा खाइ खेतमा रोपाईं गर्न व्यस्त हुन्छन् ।
रोपाइँ सँगसँगै दही–चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुने पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्छन् । यो वर्ष समयमै पानी परेकाले किसानहरु रोपाईंमा व्यस्त देखिएका छन् । यो बर्ष पानीले साथ दिएपनि खेतालाको समस्या भने किसानमा देखिएको छ । रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत पनि गाउने गरिन्छ ।
असारमा किसानहरू रोपाइँको चटारोमा व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धान रोप्ने व्यस्त समयमा घरमा मानिस मरे पनि घुम ओढेर काममा जानुपर्छ भन्ने कथन छ । अघिल्ला बर्षको तुलनामा यो बर्ष पर्याप्त बर्षा हुँदा तराई भेगका किसान पनि खुसी देखिन्छन् ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार