नारायणी नदीमा पानीको सतह खतरा भन्दा माथि

२०७३ असार १७ गते, शुक्रबार

काठमाडौं, १७ असार । जल तथा मौसम पुर्वानुमान शाखा चितवनले नारायणी नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको बताएको छ । गए रातिदेखि परेको पानीका कारण पानीको सतह खतरा भन्दा माथि पुगेको हो । चितवनको माडीमा पर्ने छरछरे, कल्याणपुर र बनकट्टामा रिउखोलामा पानीको सतह खतरा भन्दा माथि पुगेको बाढी पुर्वानुमान शाखाले जनाएको हो । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यसैबिच अहिले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमका केहि ठाउँमा ठूलो वर्षा भैरहेको मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार शुक्रबार दिनभरी नै मौसम बदली हुनेछ । बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्व र पश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार