थाङ्का चित्र लेखन तालिम सुरु
काठमाडौं, १७ असार । हेटौंडामा तीन महिने थाङ्का चित्रलेखन तालिम सञ्चालन शुरु भएको छ । युवा पुस्तालाई थाङ्का चित्र लेखनतर्फ आकर्षित गरी रोजगार उन्मुख गराउने उद्देश्यले तालिम शुरु गरिएको बताइएको छ । जिल्ला विकास समिति मकवानपुर, हेटौंडा उप–महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तथा नेपाल हस्तकला संघ केन्द्रीय कार्यालयको सहयोगमा मकवानपुर हस्तकला संघले वैशाख ६ गतेदेखि साउन ५ गतेसम्म थाङ्का चित्रलेखन तालिम सञ्चालन गरिरहेको हो ।
थाङ्का चित्रकार एवम् व्यवसायी ज्ञानभक्त लामा र महेश कर्माचार्यले संयुक्त रुपमा तालिम दिइरहेका छन् । थाङ्का चित्रकला तालिममा ६ पुरुष र १२ महिला गरी १८ जना सहभागी छन् ।