पर्खालले थिच्दा दुई मृत्यु, १७ जना घाइते

२०७३ असार १७ गते, शुक्रबार

काठमाडौँ, १७ असार । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाका अनुसार ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो । पर्खाल ढल्दा १७ विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार गराइरहेको उनले बताए ।
घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार