विद्युत महशुल बृद्धि तत्काल फिर्ता गर : प्रकाण्ड

काठमाडौं, १८ असार । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले साउन १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने निर्णयको बिरोध जनाउदै तत्काल फिर्ता लिन माग गरेका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेश विज्ञप्ति जारी गरि विद्युत घाटा र सेवा शुल्कको कारण देखाई गरिएको उक्त मूल्यवृद्धिमा तथ्य त्यो नभई निजी विद्युत कम्पनीहरुको स्वार्थ, विदेशी विधुत कम्पनीबाट महँगो मूल्यमा विद्युत आयात गर्ने रणनीति, विद्युतको खरिदमा डलरको खेति र विद्युत प्राधिकरण, विद्युत महशुल निर्धारण आयोग तथा सम्वन्धित मन्त्रालयका सचिव एवं सरकारको भ्रष्टाचार एवं कमिशनको खेलो गर्ने उदेश्य अन्तरनिहित भएको ठोकुवा गरेका छन ।
विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डले जलश्रोतको रक्षा एवं राष्ट्रिय उपयोग, मौजुदा विधुतको सुफत मुल्यमा न्यायोचित वितरण, वृद्धि गरिएको चर्को मूल्यको खारेजी, डलरको मुल्यमा भईरहेको भ्रष्टाचार र कमिशनको अन्त्यका लागि एकपल्ट नेपाली जनताले निर्णायक क्रान्ति गर्नुको विकल्प नभएको बताउदै पार्टीले निकट भविश्यमै आह्वान गर्ने देशव्यापी आन्दोलनको कार्यक्रममा सहभागीताको निम्ति पूर्व तयारी अवस्थामा रहन आम नेपाली जनसमुदायमा आह्वानसमेत गरेका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेश विज्ञप्तिको पूर्ण बिबरण यस प्रकारको छ : –
“सरकारको विद्युत महशुल बृद्धि गर्ने निर्णयबारे हाम्रो पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) ओली सरकारको उर्जा मन्त्रालयले मुकेशराज काफ्ले प्रवन्ध निर्देशक रहेको नेपाल विधुत प्राधिकरणको शिफारिसमा जगत कुमार भुसाल अध्यक्ष रहेको विधुत महसुल निर्धारण आयोगले साउन १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशत सम्म मूल्य वृद्धि गर्ने निर्णय गर्यो । विधुत घाटा र सेवा शुल्कको कारण देखाई गरिएको उक्त मूल्यवृद्धिमा तथ्य त्यो नभई निजी विधुत कम्पनीहरुको स्वार्थ, विदेशी विधुत कम्पनीबाट महँगो मूल्यमा विधुत आयात गर्ने रणनीति, विधुतको खरिदमा डलरको खेति र विधुत प्राधिकरण, विधुत महशुल निर्धारण आयोग तथा सम्वन्धित मन्त्रालयका सचिव एवं सरकारको भ्रष्टाचार एवं कमिशनको खेलो गर्ने उदेश्य अन्तरनिहित भएको कुरा सजिलै बुझ्न सकिन्छ ।
यसर्थ हाम्रो पार्टी विधुत महशुल वृद्धि गर्ने सरकारको यो निर्णयको घोर भ्रत्र्सना एवं निन्दा गर्दछ । नेपाल राष्ट्र र नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ । यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरद्ध कडा संघर्षमा जाने विषयलाई समेत समयमै अवगत गराउँदछ ।
२) विधुत अधिकार जनताको आधारभुत आवश्यकता आवास भित्रको पानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो । जलश्रोतमा विश्वकै दोस्रो धनी देशमा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले जलश्रोत उपयोगको राष्ट्रिय रणनीति विकास गरेर विधुत उत्पादन गरी जनता र राष्ट्रको आवश्यकतालाई पहिलो र विधुत व्यापारलाई दोस्रो प्राथमिकतामा राखी कार्य आरम्भ गर्नुको सट्टा देशका जलश्रोतहरु विदेशी शक्तिलाई बुझाएर राष्ट्रघात गर्ने र उपलव्ध विधुतमा निजि कम्पनीको स्वार्थ सुनिश्चित गरी भ्रष्ट्राचार, कमिशन तथा विधुत चुहावटको खेति गर्नमा राजनैतिक क्षेत्रमा दलालहरु र प्रशासनीक क्षेत्रका नोकरशाहहरु ज्यान फालेर लागेका छन् । यिनलाई राष्ट्र र जनता भाँडमा जाओस, कुनै न्यूनतम चासो छैन । यसर्थ जलश्रोतको रक्षा एवं राष्ट्रिय उपयोग, मौजुदा विधुतको सुफत मुल्यमा न्यायोचित वितरण, वृद्धि गरिएको चर्को मूल्यको खारेजी, डलरको मुल्यमा भईरहेको भ्रष्टाचार र कमिशनको अन्त्यका लागि एकपल्ट नेपाली जनताले निर्णायक क्रान्ति गर्नुको विकल्प छैन । यसका निम्ति आफुलाई तयारी अवस्थामा राख्न स्वाभिमानी एवं स्वतन्त्रताका पक्षधर न्यायप्रेमी नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक अपिल गर्दै, तत्काल विधुतमा गरिएको चर्को मुल्यवृद्धि ओली सरकारले फिर्ता नलिए पार्टीले निकट भविश्यमै आह्वान गर्ने देशव्यापी आन्दोलनको कार्यक्रममा सहभागीताको निम्ति पूर्व तयारी अवस्थामा रहन आम नेपाली जनसमुदायमा हार्दिक आह्वान गर्दछ । हाम्रो पार्टी जहिले पनि देश र जनताको पक्षमा रही रहने छ । ” electricity_statement