माओवादीद्वारा विद्युत महशुल बृद्धिबिरुद्ध बिरोध प्रदर्शनको आयोजना

२०७३ असार १९ गते, आईतवार

काठमाडौं, १९ असार । नेकपा माओवादीले भोलि दिउसो ३ बजे काठमाडौंको शान्तिबाटिकामा विद्युत महशुल बृद्धि बिरुद्ध बृहत बिरोध प्रदर्शन गर्ने भएको छ । सरकारले साउन १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोले विद्युत महशुल बृद्धि बिरुद्ध बिरोध प्रदर्शन लागेको सो पार्टीका प्रवक्ता प्रकाण्डले बताए । उनले सरकारको यो जनघाती निर्णय जनसहभागिताबाट उल्ट्याएरै छोड्ने ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले विद्युत अधिकार जनताको आधारभुत आवश्यकता आवास भित्रको पानी पछिको दोस्रो महत्वपूर्ण पक्ष भएको बताउदै जलश्रोतमा विश्वकै दोस्रो धनी देशमा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले जलश्रोत उपयोगको राष्ट्रिय रणनीति विकास गरेर विधुत उत्पादन गरी जनता र राष्ट्रको आवश्यकतालाई पहिलो र विधुत व्यापारलाई दोस्रो प्राथमिकतामा राखी कार्य आरम्भ गर्नुको सट्टा देशका जलश्रोतहरु विदेशी शक्तिलाई बुझाएर राष्ट्रघात गर्ने र उपलव्ध विधुतमा निजि कम्पनीको स्वार्थ सुनिश्चित गरी भ्रष्ट्राचार, कमिशन तथा विधुत चुहावटको खेति गर्नमा राजनैतिक क्षेत्रमा दलालहरु र प्रशासनीक क्षेत्रका नोकरशाहहरु ज्यान फालेर लागेको ठोकुवा गर्दै यिनलाई राष्ट्र र जनताको कुनै चिन्ता र चासो नभएको बताए । उनले जलश्रोतको रक्षा एवं राष्ट्रिय उपयोग, मौजुदा विधुतको सुफत मुल्यमा न्यायोचित वितरण, वृद्धि गरिएको चर्को मूल्यको खारेजी, डलरको मुल्यमा भईरहेको भ्रष्टाचार र कमिशनको अन्त्यका लागि एकपल्ट नेपाली जनताले निर्णायक क्रान्ति गर्नुको विकल्प छैन भन्दै स्वाभिमानी एवं स्वतन्त्रताका पक्षधर न्यायप्रेमी आम नेपाली जनसमुदायलाई भोलिको बृहत बिरोध प्रदर्शनमा सक्रिय सहभागीता जनाउन आव्हान समेत गरेका छन ।
यसअघि हिजो प्रकाण्डले साउन १ गतेबाट लागु हुने गरी गरिएको विधुत महसुल बृद्धि तत्काल फिर्ता लिन सरकारलाई प्रेश विज्ञप्तिमार्फत आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]