तत्काल सरकार परिवर्तन सम्भव छैन : बिजुक्छें

२०७३ असार २० गते, सोमबार

काठमाडौ, २० असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उनले वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक भएको र यहि सरकार राष्ट्रिय सहमतिको सरकार नबने संसद बिघटन गरि निर्वाचनमा जान सक्ने बताएका हुन् । वर्तमान सरकारले स्थानिय निकायको निर्वाचनसम्म आफ्नो उपस्थिति जनाउने भन्दै उनले वर्तमान सरकार न्यूनतमा एक वर्षसम्म रहन सक्ने बताए । नेपालमा रहेका ठूला राजनीतिक दलहरुमा १० प्रतिशत र २२ हजार कर्मचारी भारतको एजेण्डा भएको भन्दै बिजुक्छेंले भारतले नेपालमा आफ्नो पहुँचकै आधारमा परिवर्तनको खेल खेल्ने गरेको बताए ।
बिजुक्छेंले भारतले संबिधान प्रति देखाएको समर्थन सरकार परिवर्तन गरि आफ्नो पहुँच बढाउन लागेका भन्दै भारतसँग मिलिरहेका बिदेशीहरुले समेत नेपालमा सरकार परिवर्तनको खेल सुरु गरेको बताए ।
भारतिय राजदुत रञ्जीत रेले नेपालमा राजदुतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप लगाउँदै उनलाई नेपाल सरकारले तत्काल भारत फिर्ता गर्नु पर्ने उनले बताए ।
नेपालका निजि मेडिकल कलेजमा नक्कली डाक्टर उत्पादन गर्न लागि परेकाहरुको पहिचान गरि कारवाही गर्न सरकारले तत्परता देखाउनु पर्नेमा उनीहरुकै संरक्षणमा बिगत देखि हालसम्मका सरकारका केही पदाधिकारी लागेकाले नेपाली जनस्वास्थ्यमा खेलवाड भइरहेको उनको टिप्पणी छ । उनले नेपालमा आर्थिक चलखेल गरि निजि क्षेत्रका मेडिकल कलेजमा भारतका पुँजीपतिका छोरा छोरीका लागि डाक्टर उत्पादन गर्ने काम जसरी भइरहेको छ यसले नेपालका लागि काम नलाग्ने डाक्टर उत्पादन भइरहेको बताए । पैसाको चलखेलकै कारण नक्कली डाक्टर उत्पादन भएको र यसमा सरकारमा सामेल तथा अन्य ठूला राजनीतिक दलका ब्यक्तिहरुको समेत संलग्नता रहेकाले बेलैमा पहिचान गरि कारवाही गर्न नसके नेपालकै लागि घातक सावित हुने उनको भनाई छ ।
पुनर्निर्माणको काममा लाग्ने रकम बिदेशीहरुको सहयोगमा निर्भर रहेको र निमार्णमा लाग्ने साधन भारतबाटै आयात गर्नु पर्ने देखिएको र सरकार परिवर्तन गरि अरवौं बजेट आफ्नै देशमा भित्र्याउन युरोपियन युनियनको समेत साथ पाएको भारतले सकारात्मकका रुप देखाएको बताए ।
सरकारले भुकम्प पिडितलाई पुनर्निर्माणका लागि उपलब्ध गराउने भनेको एक लाख पचास हजार रकम जग समेत हाल्न नपुग्ने भन्दै उनले अभावमा परेका नेपालीले खानामै खर्च गर्ने बताए ।
चीनमा प्रधानमन्त्री भ्रमणपछि भारत ससंकित भएको र आफ्नो एकाधिकार पुँजीको बर्चस्व तोडिन लागेको संकेत पाएकाले समेत नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउन पछिल्लो समय भारत परिवर्तन भएको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]