देउवा मनोमानी ढंगले अघि बढे : सिहं

२०७३ असार २५ गते, शनिबार

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा मनोमानी ढंगले अघि बढेको बताएका छन् । नेता सिंहले सभापति देउवा अझै मनमानी ढंगले अघि बढे प्रतिकार गर्ने चेतावनी समेत दिएका छन । सिंहले
काठमाडौं महानगरपालिका–१० को इकाई कार्यालयको आज राजधानीमा उद्घाटन गर्दै सो चेतावनी दिएका हुन् ।
उनले सभापति देउवाले कांग्रेसका कार्यकर्ताको भावना बुझ्न नसकेको भन्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । आफू शक्तिमा हुँदा जे गरे पनि हुने मानसिकता त्याग्नुपर्ने उनकोे भनाइ थियो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि कांग्रेसभित्र असन्तुष्टि बढ्दासमेत सभापति देउवाले चासो नराखेको आरोप लगाएका थिए । उनीहरुले पार्टी कार्यकर्ताको भावनालाई सम्मान गर्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए ।
देशमा भ्रष्टाचार, महंगी बढ्दासमेत नेपाली कांग्रस रमिते भएको भन्दै उनीहरुले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको बताएका थिए । कार्यक्रमा कांग्रेसमा योगदान पु-याएको भन्दै बिभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]